प्रहरीले पुन: खोतल्यो मणिपाल काण्ड: सम्साँझै न्यूरोडबाट ६ जना पक्राउ

पाेखरा | असोज १२, २०८०

प्रहरीले पुन: खोतल्यो मणिपाल काण्ड: सम्साँझै न्यूरोडबाट ६ जना पक्राउ

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले सम्साँझै न्यूरोडबाट ६ जना युवालाई पक्राउ गर्दै मणिपाल काण्ड फेरि खोतलेको छ ।
 

लम्जुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मणिपाल अस्पतालमा गत ८ गते मृत्यु भएपछि तक्राव सुरु भएको थियो । 
 

त्यसपपछि मृतक परिवारले सुकमायाको मृत्यु पछाडीको कारण खोज्दै आन्दोलनमा उत्रेको थियो भने चिकित्सक पक्ष पनि आफुहरुमाथि आक्रमण भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताउदै अनिश्चितकालिन आन्दोलनमा थिए । 


 

यो पनि पढ्नुहोस

 

तर जिल्ला प्रहरी कार्यालयले चिकित्सक पक्ष र मृतक पक्षलाई राखेर बिहीबार ६ बुँदें सहमति गर्दै प्रकरणलाई शान्त बनाइसकेको थियो । फेरी आज बेलुकी करिब ८ बजे न्यूरोडदेखि मृतक पक्षका ६ जना युवालाई प्रक्राउ गर्दै मणिपाल काण्डलाई ब्युताएको हो । 

 

सुनगाभा न्यूजलाई प्राप्त विशेष स्रोतका अनुसार पक्राउ पर्नेमा अविनाश गुरुङ, प्रदिप गुरुङ, विवेक गुरुङ, अरुण गुरुङ, उञ्जल थापा र अर्का एक युवा रहेका छन् ।

 

यसअघि मृतकका आफन्त मालेपाटनका विनय गुरुङलाई मणिपालको चिकित्सकमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । 

 

विनय गुरुङ विरुद्ध दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत दुव्र्यवहार मुद्धालाई यथाशिघ्र कानूनी उपचारको सहजीकरण गर्ने सहमति भएको थियो ।

 

तर फेरि युवाहरुलाई पक्राउ गरेसँगै मणिपाल घटना सेलाउन नपाउने देखिएको छ । उक्त विषयमा बुझ्नका लागि कास्कीका प्रहरी उपरीक्षक मोहन थापा र प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकलाई बारम्बार फोन सम्पर्क गर्दासमेत उठ्न सकेन । 

 

यस्ता छन् सहमति:
 

मृतक सुकमाया दुराको सम्झनामा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लामा १० वर्षसम्म विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, अल्पसंख्यक दुरा जाति, दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की र स्थानीय वडा कार्यालयले गरिब तथा विपन्न परिवारका रुपमा सिफारिस गरेका विरामीलाई सहुलियन र निःशुल्क उपचार उपलब्ध गराउने उल्लेख गरिएको छ । 


यस्तै सहमति पत्रमा मृतक दुराको मृत्यु सम्बन्धी अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुला रहने र दुवै पक्षका सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने बताइएको छ । 

 

विनय गुरुङविरुद्ध दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत दुव्र्यवहार मुद्धालाई यथाशिघ्र कानूनी उपचारको सहजीकरण गर्ने बताइएको छ ।


 

यो पनि पढ्नुहोस

 


 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्